Category: समाचार

करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

विराटनगर। झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्टलागि घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी

करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर । वीरगन्जमा आइतबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका -६ लखनपुरका २७ वर्षीय इसराइल मियाँ रहेका छन् । प्रहरीका अनुसाार, वीरगन्ज महानगरपालिका-१३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते

सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरे

विराटनगर। सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको हो। मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाका अनुसार म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं। शनिबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संसद् सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै स्थगित भएको जनाएको हो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिए। जारी सूचनामा भनिएको छ, मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १:०० बजे बस्ने

देशभर हल्कादेखि मध्यम वर्षा हुने

विराटनगर । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा आंशिक

मोरङमा माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परे

विराटनगर। मोरङको रंगेली नगरपालिका-१ स्थित माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परेको छ। मोरङको रंगेली-१ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव बुधबार साँझ फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कृष्णमाया बिहान ९ बजेतिर आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। परिवारका सदस्य र आफन्तले खोजी गर्ने क्रममा माछा पोखरीमा

एक मजदुरको करेन्ट लागेर मृत्यु

तानसेन। पाल्पामा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। तानसेन नगरपालिका वडा नं १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका वडा नं ३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए। तानसेन नगरपालिका वडा नं ४ मा झविन्द्र देवकोटाको घर निर्माणको

नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरे

काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ। सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन्। उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन्। पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष

मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) बिहान १० : २५ मा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले