September 6, 2022
एक मजदुरको करेन्ट लागेर मृत्यु
तानसेन। पाल्पामा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। तानसेन नगरपालिका वडा नं १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका वडा नं ३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए।
तानसेन नगरपालिका वडा नं ४ मा झविन्द्र देवकोटाको घर निर्माणको क्रममा अचानक करेन्ट लागी घाइते अवस्थामा रहेका राईको तानसेन मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।