Category: समाचार

धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढ्दै

विराटनगर। नेपालमा धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढी रहेको छ। यसलाई नियन्त्रण नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्न सक्छ। राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर १ समितिले माननीय मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउदै सो बिचरा अघि सारेको हो। देशको राष्ट्रियता माथि घम्भिर खतरा छ कालापानी सहिको भूभागलाई संसद भित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूले

ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते

दाङ। दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्। aखाना पकाउने क्रममा ग्याँस सिलिन्डर पट्किँदा दुई जना घाइते भएको दाङ प्रहरीले जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भइ हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन्। तुलसीपुर-१६ मा

गोंगबु घटना छानविन गर्न समिति गठन

काठमाडौ। गोंगबु घटना छानविन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले घटनाबारे छानविन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले समिति गठन भएको अन्नपूर्णलाई जानकारी दिए । समितिमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

खोलामा डुबेर १ जनाको मृत्यु

विराटनगर। झापाको मेचिनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लाल बहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको छ

जनता नमुना माध्यमिकको अध्यक्षमा शाह र सामुदायिक प्रहरीको कोषाध्यक्षमा बाहेती चयन

विराटनगर, जनता नमुना माध्यमिक विद्यालय विराटनगर-२ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोज विक्रम शाह चयन भएका छन्। शाह चार दिनअघि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन्। सामाजिक कार्यमा सक्रिय शाहलाई बुधबार संघ-संस्थाले स्वागत गरे। यसक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले बुधबार स्वागत तथा कार्यकालको सफलताको शुभकामनासहित उनलाई बधाइ ज्ञापन गरेको थियो। सो क्रममा

सामुदायिक सेवा केन्द्र तीनपैनीले यूवा उद्यमी एवम समाजसेवी मनोज विक्रम शाहलाई सम्मान गरे

विराटनगर,सामुदायिकले बुधबार एक कार्यक्रमको आयोजनागर्दै जनता नमुना माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित शाहलाई सम्मान गरेको हो । सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मिना जोशी सहितका पदाधिकारीले शाहलाई खादा,फुलमाला तथा अबिर सहित सम्मान गर्नुभयो । यूवा उद्यमी तथा समाजसेवीका रुपमा स्थापित शाह केहि दिन अघि विराटनगरकै पुरानो र प्रतिष्ठित जनता नमुना माविको ब्यवस्थापन समितिको

हाम्रो समाजको सामाजिक कार्य अग्रपंतिमा

विराटनगर। हाम्रो समाजले सडकलाई इवनिङ्ग जक्सन (Evening Juction )बनाउने भएको छ। विराटनगर वडा नम्बर ९ मा रहेको कलेज सडकलाई इवनिङ्ग जक्सन (Evening Juction )बनाउने भएको हो। विराटनगर महानगर पालिकाको सहयोगमा हाम्रो समाजले उदाहरनिय कामको सुरवात गरेको छ। बिगत ३ वर्ष देखि आफ्नो टोल आफै बनाउ नाराको साथ उदाहरनिय काम गर्दै आएको हाम्रो समाजका समुहले कलेज

सुनको कमिसन पाउनेमा प्रतिवेदक आसाबादी

विराट‌नगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखको रुपमा दिपक पोखरेल आउनु भएपछी केही पूर्व-प्रहरीहरुको अनुहारमा चमक देखीन थालेको छ दिपक पोखरेल मोरङको प्रहरी नायव उपरिक्षक हुदा मोरङ प्रहरीले मोरङको निमुवाको बाटोबाट विराटनगर तर्फ ल्याउँदै गरेको ८ किलो सुन, ऱ सुन ल्याउन मानिस सहित नियंत्रणमा लिएको थियो। उक्त सुन बरामद गरिए पछि सुराकी या ४/५

लागुऔषध गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

देवानगंज। सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई

प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताए

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताएका छन्। २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताएका हुन्। उनले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा