विराटनगर। विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा शुक्रबार राति दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन्। झडपको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। सुधारगृहका प्रमुख मिलन चौहानले घाइते भएकालाई अस्पताल भर्ना गरिएको जानकारी दिए। घाइतेहरु २ जना पाँचथर र १ जना सुनसरीका छन्। उनीहरु सबै २२ वर्षका हुन्। कानुनी विवादमा परेका १८ वर्षमुनिका
विराटनगर / विराटनगर जेसिजले आफ्नो ५२औं स्थापना दिवस भव्य रूपमा मनाउँदै नारी सशक्तिकरणलाई सम्मान गर्ने अभियानलाई प्राथमिकता दिएको छ। युवा नेतृत्व, व्यक्तित्व विकास र सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको विराटनगर जेसिजले मार्च ७ (फागुन २३) मा आफ्नै भवनमा विशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियालाई २०२५ की उत्कृष्ट नारी सम्मान
बिराटनगर / युवा नेतृत्व बिकाश र सक्षम युवा उत्पादन सङ्गै सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बिराटनगर जेसिजले हरेक वर्ष मार्च ७ का दिन पर्ने आफ्नो शाखा को ५२ औ स्थापना दिवश रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ । मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै शुक्रवार बिराटनगर 9 मा रहेको
विराटनगर। विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। खेल सहिद रंगशालामा साँझ साढे ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ। आजको खेलमा जितहारको टुंगो लागेपछि प्रतियोगताको सेमिफाइनल समीकरण पूरा हुने छ। सेमिफाइनल खेल आइतबार सुरु हुने छ। यसअघि शुक्रबार राति सम्पन्न खेलमा थ्रीस्टार क्लब साबिक विजेता
रौतहट / प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने व्यक्ति गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलम हुन्। आलमले आफूलाई घुमुवा प्रहरी भएको बताउँदै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेको खुलासा भएको छ। उनको गतिविधिप्रति शंका लागेपछि प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै उनलाई
विराटनगर / नेपालका राष्ट्रवादी शक्तिहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका लागि नारायणहिटी दरबार खाली गर्न सरकारलाई चेतावनी दिएका छन्। साथै, संघीयता खारेजको माग गर्दै शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरिएको छ। २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र घोषणासँगै नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिएको थियो। तर, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा फर्काउने अभियानमा सक्रिय राष्ट्रवादी समूहहरूले नारायणहिटीलाई पुनः दरबार बनाउने अल्टिमेटम
विराटनगर /जिल्ला अदालत काठमाडौँले करारमा कार्यरत ३३ जना कर्मचारीलाई हटाएको छ। अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूको सेवा करार भङ्ग गरेको हो। अदालतका अनुसार लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति भएपछि करारमा रहेका कर्मचारीको सेवा समाप्त गरिएको हो। यससँगै न्याय समूहअन्तर्गतको कर्मचारी व्यवस्थापनमा सुधार आउने विश्वास गरिएको छ।
काठमाडौं / नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए । चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी
विराटनगर /एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन सम्पन्न भएको छ। रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्राली द्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन रविभवनस्थित रोज ब्युटी एकेडेमीमा सम्पन्न भएको थियो, जसबाट १० प्रतियोगी छनोट भएका छन्। प्रतियोगिताको अर्को अडिसन फागुन २८ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उज्ज्वल मानन्धर प्रमुख
विराटनगर / उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ। सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङ ले जानकारी दिएका छन्। बिहीबार साँझ गाईघाट बजारबाट