March 7, 2025
जिल्ला अदालत काठमाडौँद्वारा ३३ करार कर्मचारी हटाइयो
विराटनगर /जिल्ला अदालत काठमाडौँले करारमा कार्यरत ३३ जना कर्मचारीलाई हटाएको छ। अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूको सेवा करार भङ्ग गरेको हो।
अदालतका अनुसार लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति भएपछि करारमा रहेका कर्मचारीको सेवा समाप्त गरिएको हो। यससँगै न्याय समूहअन्तर्गतको कर्मचारी व्यवस्थापनमा सुधार आउने विश्वास गरिएको छ।