Category: राजनीति

निर्वाचन आयोगले दसैं लगत्तै उम्मेदवारी दर्ता अघि बढाउने

बिराटनगर। निर्वाचन आयोगले दसैं लगत्तै उम्मेदवारी दर्ता अघि बढाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका हुन्। यो वर्ष असोज १९ गते विजया दशमी परेको छ। उनले भने, ‘दसैं लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि बढाउने योजनामा छौं। उम्मेदवारी दिएपछि

संघ र प्रदेशको चुनावमा एमालेले लज्जास्पद हार बेहोर्ने:उपाध्यक्ष बस्नेत

बिराटनगर। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले अबको संघ र प्रदेशको चुनावमा एमालेले लज्जास्पद हार बेहोर्ने बताएका छन्। उनले स्थानीय निर्वाचनमा एउटा महानगरपालिका पनि नजितेको भन्दै आगामी चुनावमा जनताले समाप्त पार्ने ठोकुवा गरेका छन्। समाजवादी प्रेस संगठन प्रदेश १ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले एमाले जनताको पार्टी नभएर ओलीको निजी

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरमा गर्ने

काठमाडौं। सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिर २०७९ मा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।निर्वाचन आयोगले भने २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेको थियो। बुधबार सत्तारूढ गठबन्धनबीच मंसिर ४

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ। सत्तारुढ गठबन्धन दलको बुधबार बालुवाटारमा बसेको बैठकले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको

पाँच दलीय गठबन्धन असक्षम भइसके:नेकपा एमालेका महासचिव शंकर पोखरेल

काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन असक्षम भइसकेको बताएका छन् । बुधबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव पोखरेलले असक्षम व्यक्तिले सरकारको नेतृत्व गरिरहेको र जनताको आशालाई निरासामा बदल्ने मात्रै काम भइरहेको बताए। पाँच दलीय गठबन्धनले एक वर्ष विताइसकेको छ । जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै षड्यन्त्रपूर्वक हटाउने काम भयो,’उनले

बूढानीलकण्ठ नगरपालिकामा तीन हजारभन्दा बढि फर्जि मतदाता रहेको भन्दै कांग्रेसले प्रदर्शन गरे

बिराटनगर। बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानविनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ । २०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजारभन्दा बढि फर्जि मतदाताहरुले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानविनलाई प्रभावकारी बनाउनका लागि भन्दै उनीहरुले प्रदर्शन गरेका

सभामुख नेपाल नागरिकता विधेयक प्रमाणित गरे

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गरेका छन्। सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई संघीय संसद्‍बाट पारित भएको हो। अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि उक्त संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ।

अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुन: नियुक्त

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरिएकाे हाे । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको