Category: अन्तर्राष्ट्रिय

विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु

बिहार। भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् । सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा

इन्धनको चरम अभावका कारण अस्पतालका सेवा नै बन्द

साना। यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल इन्धन अभावका कारण आइतबारदेखि बन्द भएको छ। अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको बताए। उनले नाम गोप्य राख्ने शर्तमा भने, ‘मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ।’

युक्रेनी ड्रोन रूसी हवाई शिविरमा खसालियो, तीन जनाको मृत्यु

किभ। रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन्। उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ। यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो। एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित

हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए

बोर्नो। नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन्। बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन्। वायुसेनाले गरेको हवाई हमलाको पहिलो

चट्याङ लागेर ४२ जनाको मृत्यु

मलावी। चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता मात्र चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ । त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन

एक वर्षसम्म ८१ करोड जनतालाई निःशुल्क खाद्यान्न दिइने

नयाँ दिल्ली। भारतको केन्द्र सरकारले राष्ट्रिय खाद्य सुरक्षा ऐन (एनएफएसएस) अन्तर्गत आउँदो वर्ष ८१.३ करोड जनतालाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ। वर्षभरि निःशुल्क राशन दिइने बताइएको छ। अहिले यो ऐनअनुसार प्रतिव्यक्ति पाँच किलो खाद्यान्न प्रतिकिलो दुईदेखि तीन रुपैयाँमा उपलब्ध गराइन्छ । अन्त्योदय अन्न योजना अन्तर्गत आउने परिवारले ३५ किलो खाद्यान्न पाउनेछन् । भारतीय

फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनोसोरको जांघको हड्डी फेला पारे

एजेन्सी। दक्षिण-पश्चिमी फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनोसोरको जांघको हड्डी फेला पारेका छन्। बीबीसीका अनुसार यी वैज्ञानिहरुले करिब १० वर्षदेखि जीवावशेसको खोजी गरिरहेका थिए। दुई मिटर (साढे ६ फिट) लामो जांघको हड्डी आन्जेक इलाकामा भेटिएको हो। यो सोरोपोडो डायनासोरको हड्डी भएको अनुमान गरिएको छ। यो शाकाहारी डायनासोरको गर्द्धन लामो र पुच्छर समेत थियो। जुरासिक कालमा अन्तिम

भारतमा कोरोना महामारीको चिन्ता बढे

नयाँ दिल्ली। नेपालको छिमेकी देश भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै छिमेकी देश भारतमा चिन्ता बढेको हो। चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा

रुसले सैन्य क्षमता थप विकास गर्ने

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन्। उनले पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हाम्रा सशस्त्र बल र लडाइँ क्षमता निरन्तर बढ्दै गएको छ। यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ। त्यो वातावरण  हामी निर्माण गर्नेछौं,’ पुटिनले आफ्नो देशका

चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने भएका छन्। बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो। नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन्। परराष्ट्र मन्त्रालयका एक