Category: अन्तर्राष्ट्रिय

जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा

टोकियो। जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष

भीषण वर्षापछिको बाढीमा परी पाँच जनाको मृत्यु ; ५६ हजार भन्दा बढी विस्थापित

क्वालालम्पुर। मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित

उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी

प्योङयाङ। उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो। जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ। उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका

भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थाले

एजेन्स। भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थालेको छ। मोबाइल प्रयोगकर्ताको संख्या लगातार घट्दै गएको भारतीय दूरसञ्चार विनियामक प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो दुई महिनामा मात्र ५४ लाख ७७ हजार मानिसले मोबाइल चलाउन छोडेका छन्। प्राधिकरणको तथ्यांक अनुसार अक्टोवरमा मोबाइल प्रयोगकर्ता १ अर्ब १४ करोड ३६ लाख थिए। अगस्टमा यो संख्या १ अर्ब १४ करोड

चीनमा फेरि कोरोना त्रास: केही विद्यालय बन्द गरिए

चीन। कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ। संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षा सुरु हुन थालेका छन्। चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा जाडो मौसममा कोरोनाका तीनवटा लहर आउन सक्ने दावी गरेका छन्। चीनले अहिले यीमध्ये पहिलो लहरको सामना गरिरहेको उनको भनाइ छ। महामारी विशेषज्ञ

हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा २० जनाको ज्यान गए

अबुजा। नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ। स्थानीय अबि क्षेत्रमा के कारणले प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ । १० गाउँमा

जापानमा एक नेपालीको मृत्यु

जापान। टोकियोमा बस्ने भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका छन्। उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए। नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्। शनिबार राति साढे ११ बजे श्रीमती कामबाट

विषाक्त मदिरा सेवन गर्दा कम्तिमा ३७ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बिहारमा अहिले रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको उल्लेख गरेका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह

एक वृद्धले नौ दिनमा दुई हजार ६० पटक प्रहरी चौकीमा फोन गरे

एजेन्सी। टोकियो- जापानका एक वृद्धले हालै प्रहरी चौकीमा नौ दिनमा २,०६० पटक फोन गरेर त्यहाँका कर्मचारीहरूलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । उनले फोन गरेर कर्मचारीहरूलाई ‘कर चोर’ र ‘खाली स्थानमा रहेको ठूलो मूर्ख’ भनेका थिए । सेप्टेम्बर ३० र अक्टोबर ८ को अवधिमा सैतामा प्रिफेक्चरका ६७ वर्षीय व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २,

अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप

नयाँ दिल्ली। भारतको अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप भएको छ। अरुणाचलको सीमावर्ती क्षेत्रमा दुवै पक्षबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारअनुसार झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएका छन्। भारतको रक्षा मन्त्रालयले घटना गत ९ डिसेम्बरमा घटेको जनाएको छ। तवांगमा चिनिया सैनिकहरू प्रवेश गरेपछि झडप भएको बताइएको छ। तीन सय बढी चिनियाँ सेनाहरूले