December 13, 2022
					    							
												अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप
नयाँ दिल्ली। भारतको अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप भएको छ।
अरुणाचलको सीमावर्ती क्षेत्रमा दुवै पक्षबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारअनुसार झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएका छन्। भारतको रक्षा मन्त्रालयले घटना गत ९ डिसेम्बरमा घटेको जनाएको छ।
तवांगमा चिनिया सैनिकहरू प्रवेश गरेपछि झडप भएको बताइएको छ। तीन सय बढी चिनियाँ सेनाहरूले सीमावर्ती क्षेत्रमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ। चिनियाँ पक्षले भने यसबारे केही खुलाएको छैन।

 
																							 
																							