Category: स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएको छ। पछिल्लो केही दिनयता थपिने भन्दा कम हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रिय संक्रमितको संख्या ३२३५ मा झरेको छ। आइतबार ३३११ संक्रमित रहेकामा सोमबार २२३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा २२६ जना संक्रमित थपिएका छन्। देशभरबाट ४०११ नमूना परीक्षण गर्दा

स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङ वीर अस्पतालमा भर्ना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ वीर अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खापुङ शुक्रबार अस्पतालमा भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार खापुङलाई आज अस्पतालमा भर्ना गरिएको हो। उनले अन्नपूर्णसँग भने, ‘वाकवाकी हुने र रिगंटा लागेपछि मन्त्रीज्यु अस्पताल आउनुभएको हो। स्वास्थ्य अवस्था सामान्य छ। उहाँको स्वास्थ्य परीक्षण भएको छ, रीपोर्ट

श्रीलंकामा आठ महिनामा ५० हजार डेंगुका बिरामी

कोलम्बो । श्रीलंकामा सन् २०२२ को आठ महिना अवधिमा करिब ५० हजार डेंगुका बिरामी फेला परेका छन्। यो राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)को विवरण हो। सञ्चारमाध्यमका अनुसार डेंगुबाट प्रभावित भई ४९ हजार ९ सय ४१ जना अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कुल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्। कोलम्बो नगर

भारतमा एकै दिनमा नौ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित

नयाँ दिल्ली। भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित थपिएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन्। भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ।

बेलायतमा कोरोना भाइरसविरुद्ध नयाँ खोप

लण्डन (एएफपी)। बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ। मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ले सोमबार एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ। बेलायती नियामक निकायले स्वीकृत गरेको

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरे

वासिङटन डिसी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ । सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा

कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान

सिड्नी। अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ‘ बुर्नेट इन्ष्टीच्युड’ ले कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले

पछिल्लो २४ घन्टामा थप ८१५ जना कोरोना संक्रमित पाँच जनाको मृत्यु

बिराटनगर। नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। ४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको

कोरोनाबाट थप ३ जनाले ज्यान गुमाए

काठमाडौं। ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार

कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द

भोजपुर। कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन