स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङ वीर अस्पतालमा भर्ना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ वीर अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खापुङ शुक्रबार अस्पतालमा भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार खापुङलाई आज अस्पतालमा भर्ना गरिएको हो।

उनले अन्नपूर्णसँग भने, ‘वाकवाकी हुने र रिगंटा लागेपछि मन्त्रीज्यु अस्पताल आउनुभएको हो। स्वास्थ्य अवस्था सामान्य छ। उहाँको स्वास्थ्य परीक्षण भएको छ, रीपोर्ट आउन बाँकी छ। उहाँलाई चिकित्सकको निगरानीमा राखिने छ।

खापुङ पछिल्लो एक हप्तायता गृह जिल्ला तेह्रथुम थिए। उनी हिजोमात्रै काठमाडौं फर्किएका हुन्। काठमाडौं फर्किएलगत्तै खापुङको स्वास्थ्यमा समस्या आएको हो।