बिराटनगरमा किडजी स्कुलद्वारा ग्रेन्ड प्यारेन्स डे भव्य रूपमा सम्पन्न

बिराटनगर । बिराटनगर वडा नम्बर १ स्थित किडजी स्कुलमा बिहीबार ‘ग्रेन्ड प्यारेन्स डे’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अवसरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरूका हजुरबुबा तथा हजुरआमालाई विशेष रूपमा निमन्त्रणा गरिएको थियो।

हजुरबुबा–हजुरआमालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा बालबालिका विद्यार्थीहरूले नेपाली तथा हिन्दी गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गर्दै उपस्थित अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरे। विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रमस्थल उत्साह र उमंगले भरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूका हजुरबुबा–हजुरआमालाई मनोरञ्जन गराउनुका साथै स्कुलमा बालबालिकाहरू शैक्षिक गतिविधिसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहेको सन्देश दिनु रहेको स्कुल प्रशासनले जनाएको छ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूसँगै उपस्थित अभिभावकहरू समेत छमछमी नाच्दै रमाइलो गरेका थिए। यस्तो कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Add a Comment