भन्सार छलीका अवैध लत्ताकपडा बरामद

बिराटनगर। मोरङ प्रहरीले भन्सार छली गरेर ल्याइएका अवैध लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२ चैत ३ गते दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका–६ सरोचिया स्थित मुरी मण्डलको घरको आँगनमा अवैध रुपमा भन्सार छली गरी ल्याइएका कपडा लुकाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले उक्त स्थानमा पुगेर जाँच गर्दा अन्दाजी ७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरका विभिन्न लत्ताकपडा फेला पारी बरामद गरेको जनाएको छ।

बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Add a Comment