मंगलबार सुनचाँदीको भाउ बढे

विराटनगर। मंगलबार सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० र तेजावी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ रहेको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो।