Google search engine
Homeप्रविधिजिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव निर्मित भवनको समुदघाटन

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव निर्मित भवनको समुदघाटन

ओखलढुंगा, २०७९ मंसिर १९ गते ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट समुदघाटन भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको परिसरमा आज भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवनको समुदघाटन गर्नु भएको हो ।

भवन समुदघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंहले नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको अव्यक्त पीडाहरूको अन्त्य भई थप हौसला मिल्नुका साथै यसले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पारेको कुरा बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंहले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नु हुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रहरीलाई सुबिधा सम्पन्न भवन प्राप्त भए संगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न र आम नागरिकमा आईपर्ने समस्या समाधनका लागि अहोरात्र खटिई उच्च व्यवसायिकताका साथ नागरिकको गुनासो एवं पिरमार्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न र गराउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव निर्मित भवन १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको कुल लागतमा निर्माण कार्य सम्पन्न भएको भएको हो ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular