Google search engine
Homeराजनीतिजसपा नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाए

जसपा नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाए

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो प्रतिवेदन बुझाएको हो।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन्।

जसमध्ये ८० जनालाई कारवाहीको सिफारिस गरिएको छ। छानविन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो।

गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीका लागि सिफारिस गरिएको छ। ​​​​​​​शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular