Google search engine
Homeराजनीतिअन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने:अध्यक्ष यादव

अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने:अध्यक्ष यादव

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने बताएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

यादवले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए । शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन्। जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको छ। छानविन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगेर स्थलगत प्रतिवेदन तयार पारेको हो।

गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीका लागि सिफारिस गरिएको छ। शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको हो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular