Google search engine
Homeराजनीतिअर्थतन्त्रको निर्माण अपरिहार्य छ : पूर्वराष्ट्रपति भण्डारी

अर्थतन्त्रको निर्माण अपरिहार्य छ : पूर्वराष्ट्रपति भण्डारी

मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले जारी गरेको शुभकामना सन्देशमा नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख छ ।
सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको उनको दाबी छ।
पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘विसं २००७ को जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो । त्यसपछिका सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको थियो।’
पूर्वराष्ट्रपतिले लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि समाजमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूलाई अन्त्य गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरिन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular