Google search engine
Homeसमाचारवस्तीका आगलागी पिडीतहरुलाई ५० हजार बरावरको खाद्यन्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्त्ररण...

वस्तीका आगलागी पिडीतहरुलाई ५० हजार बरावरको खाद्यन्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्त्ररण गरेको छ ।

चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थालरंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको हो ।

रङ्गेली–३ बाबुसाहेव टोलमा २३ वटा घरका २८ जना परिवार वस्दै आएका थिए । गत चेत्र ३ गते शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीले घर जलेर नष्ट भएको थियो ।

टोलमा सन्थाल समूदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकेको कारण वस्ती नै सखाप भएको स्थानीयहरुले जनाएका छन् ।

मानवीय सेवा गर्ने उद्ेश्यले चौधरी फाउण्डेशनले मोरङले बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको चौधरी फाउण्डेशन कोशी प्रदेशका प्रमुख रबिन्द्र मास्केले बताउनुभयो ।
अन्य मनकारीहरुलाई पनि मानवीय सेवाका भावले अझ सहयोग जुटाउन उहाँले सवैमा आग्रहगर्नुभयो ।

संस्थाले विगतका दिनहरुमा पनि निरन्तर जाडोको समयमा अति विपन्नहरुको पहिचान गरेर न्यानो कपडा र राहत स्वरुप खाद्यान्न उपलब्ध गराउँदै आइरहेको उहाँले बताउनुभयो। कार्यक्रममा चौधरी गुरुपका सेलस प्रमुख मीलन राना, एरिया सेलस म्यानेजर राजकुमार श्रेष्ठ, र रंगेली नगरापालिका वडा नंः ३ का वडाअध्यक्ष भरत प्रसाईलगायतले खाद्यान्नका सामग्री वितरण गर्नुभएको थियो । आगलागीबाट २ करोड ५ लाख, ६७ हजार रुपैयाँ बाराबरको क्षतिभएको रंगेली इलाका प्रहरीले कार्यालय मोरङले जनाएको छ ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular