Google search engine
HomeCrimeपेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १
जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत आईतबार सोहि स्थानमा रहेको जंगलमा
षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई
सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर
प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट
खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ
गाउँपालिका- १ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा
फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा
प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार
५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार नेकपा बिप्लब
समुहबाट नेकपा बहुमद समुह हुदै हाल बैध समुहमा आबद्ध रहेको र २०७६ माघ
२१ गते संगठीत अपराध, अपराधिक उपद्रव, ncell टावर आगजनी, jcb
आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि
२०८० भदौमा कारगारबाट छुटेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा
कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular