Google search engine
HomeCrimeछुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय
धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई
जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दिक्तेल
रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८
बर्षीय गणेश राई रहेका छन ।

यही बैशाख १ गते राती ८ बजे आपसी
वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा
प्रहार गरी फरार भएका थिए ।

छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु
भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय
खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको
क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट
मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या
आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप
अनुसन्धान भईरहेको छ ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular