मानवता

कविता

दिलकुमार घमाल,

जब जात र धर्मका विभेद हटेर

विश्व एउटा साझा फूलबारी बन्नेछ

तब हरेकले शान्तिको सास फर्नेछन्

सबैको आँखामा चम्किलो आशा भरिनेछ

मानवताको शक्तिले

हरेकको मन र मुटु जोडिनेछ

 

धर्मका नाममा लड्न नपर्ने

जातका नाममा भेदभाव नगर्नुपर्ने

हामी सबै एकै मूलका

हामी सबै एकै धर्तीका

हामी सबै एकै आकाशका

सपना र आशाका साथी हौं

भन्ने सबैले बुझ्नु जरुरी छ

 

मानव सेवा हो सबैभन्दा ठूलो धर्म

दीनदुःखी, गरिब र पीडितलाई साथ दिनु नै

विश्वकै उत्कृष्ट धर्म हो

विभाजनका भेदीहरूसँग लड्दै

समाजको साँचो चेहरा बगाउँछ

हामीसँग एउटा मात्र उद्देश्य हुनुपर्छ–

मानवताको सेवा, मानव जातिको रक्षा

 

जुन समयमा हामीले हाम्रो अस्तित्वलाई

समाजको अपार मानवता र दया मानेर

जीवनको यात्रा तय गर्छौं

त्यस दिन हामी एकअर्कामा समेटिएका

सपना र आशा हुँदै

पुग्छौं एउटै गन्तव्यमा

धर्म त साँचो सेवा हो

साँचो सेवामा न कुनै भेद हुन्छ

न कुनै वर्ग र जातको अन्तर

सबैले यही बुझ्नु जरुरी छ

विश्वलाई मानवताको डोरीले कसेर

सबैले एउटै स्वरमा एकताको गीत गाउनुपर्छ