कोशी प्रदेश सभाको छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने

विराटनगर /  कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठक ले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारी ले मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरिएको जानकारी दिए।