नेकपा (एकीकृत समाजवादी) मोरङको नवौं जिल्ला अधिवेशनबाट चन्द्रवीर राई अध्यक्षमा सर्वसम्मत चयन
बिराटनगर / नेकपा (एकीकृत समाजवादी) मोरङले बिराटनगरको होटल मनासलुमा मंगलबारदेखि सुरु भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। अधिवेशनले चन्द्रवीर राईको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो भने १६ जना सदस्य मनोनीत गर्ने प्रक्रिया बाँकी रहेको छ।
अध्यक्षसहित सात पदाधिकारी पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, अन्तिम समयमा सबै उम्मेदवारबीच सहमति जुटेपछि सर्वसम्मत चयन गरिएको हो।
सर्वसम्मत चयन भएका पदाधिकारीहरूमा चन्द्रवीर राई अध्यक्ष, दिपक ढकाल उपाध्यक्ष, तुलसी ढकाल सचिव, भुपाल बस्नेत र टंकबहादुर थापा (डि.बि) उपसचिव, सुभद्रा राई कार्यालय सचिव तथा प्रेम भारती आर्थिक विभाग प्रमुख रहेका छन्।
त्यस्तै, चन्द्र शर्मा पराजुली आर्थिक विभाग प्रमुखको जिम्मेवारीमा चयन भएका छन्। अधिवेशनले संगठनलाई थप सुदृढ गर्दै आगामी राजनीतिक योजना तय गर्ने उद्देश्य लिएको बताइएको छ।