पुरानो भित्र म
निरज मल्ल
नयाँको खोजमा, पुरानो विर्सि आफै विरानो हुनु छैन। त्यही पुरानोमा साँचेका वाचा अनि
भेन्टिलेटरबाट निस्केका सपनाहरु,
गरुडझैँ फिजेका पंखहरु,
वीर पथमा बढेका रथहरू,
निराशामा परिवर्तित आशाहरू ,अंधेरीमा जुन हेर्ने आंगन,
नकाब नभएको अकलुसित ऐना,॥
सुख दुःखको मेलो अनि दुख विसाउने त्यो चौतारी,
कसरी बिर्सनु ती दौंतरी,
हेर न भर्खर पलाएको छ टुसा
पछि आएर निमोठ्नु,
फक्रिन त देउ फुल पछि आएर टिप्नु,
मुना देखि मैले माया गरेको फुल पछि भेट चढाउनु,
त्यो पुरानो पलहरू जतन गरिराखेको छु।
त्यो पुरानो दिन ,टन्टलापुर घाम पैतालामा फाटेका चप्पल
साक्षी छन् अहिले पहिरिएका मखमल,
पुरानो पल जतन गरिराखेको छु। कतै आफ्नो धरातल नबिर्सु,
, दम्भले अहमताको बाटो रोज्दा
त्यही पुरानो थोकहरूले मेरो कञ्चटमा हानुन्
अंगारलाई नै श्रृंगार गर्नु छ
श्रृंगार गरी सपना साकार गर्नुछ।
हो मलाई रङ मनपर्छ रङभेद मन पर्दैन।
वेद मनपर्छ विभेद मन पर्दैन
म न्यायपथको भिक्षु अन्याय मन पर्दैन
नयाँ वर्ष मेरो नयाँ अध्याय हो।
पुरानो त स्वर्णिम पल र सिकाई हो। हन्डर खाएर ववन्डर भोगेको मान्छे म, पिडालाई पेडा वनाएर पस्कन सिकेको छु।
आफैंलाई खोज्नु छ आफैंलाई रोज्नु छ।
कांडैकांडाको विचमा गुलाफ झैं फक्रनु छ।
सवैलाई नयां वर्षको यो विहानी हार्दिक शुभकामना छ।