१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदै, श्रमिक अधिकार र सम्मानमा जोड
विराटनगर। आज मे १ तारिख, १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा, अधिकार र सम्मान सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस हरेक वर्ष वैश्विक रूपमा मनाइन्छ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदुरहरूले “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम” भन्ने नारा सहितको आन्दोलन सुरु गरेपछि त्यसको सम्झनामा मे १ तारिखलाई श्रमिक दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो।
नेपालमा भने २००७ सालमा विराटनगरबाट सुरु भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउने परम्परा थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले श्रमिक दिवसलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको थियो।
आजको दिन देशभर श्रमिक संगठन, मजदुर संघ, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले ¥याली, सभाजस्ता कार्यक्रम गरी श्रमिक अधिकार र सामाजिक न्यायको माग उठाइरहेका छन्।
यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिँदै श्रमको सम्मान, सुरक्षित रोजगार, श्रमिक हित, र समावेशी आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
श्रमिक दिवसले श्रमिकहरूलाई आफ्नो अधिकारप्रति सचेत गराउने मात्र होइन, नीतिनिर्माताहरूलाई श्रमिकमैत्री नीति बनाउने प्रेरणा पनि दिएको छ।