लागूऔषध, ब्राउन सुगर र गाँजासहित ९ जना पक्राउ

विराटनगर / गतेखोटाङ, उदयपुर, सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका–१६ स्थित चेकजाँचको क्रममा मोरङ बेलबारी नगरपालिका–११ का १९ वर्षीय दिवश धिमाललाई २ ग्राम ४७ मिलिग्राम, बेलबारी–२ का २१ वर्षीय सन्तोष ऋषिदेवलाई ३ ग्राम २७ मिलिग्राम, र भारत बिहार पुर्णियाका २५ वर्षीय गौरव जैनलाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यस्तै, इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका–४ का ४५ वर्षीय चन्द्र शेखर मण्डललाई २ ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
सुनसरीको कप्तानगंज प्रहरी चौकीले देवानगंज गाउँपालिका–५ का ३१ वर्षीय पप्पु यादवलाई ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

खोटाङमा जिल्ला प्रहरी कार्यालयले साकेला गाउँपालिका–२ का २२ वर्षीय संगम राई र २८ वर्षीय सैलेश बजिमयलाई प्रतिबन्धित औषधि Tramadol का १४५ क्याप्सुल र Diyse–20 का १५६ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१३ की २७ वर्षीया कल्पना चौधरी र ५५ वर्षीय देव नारायण चौधरीलाई ३ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ।

पक्राउ परेका सबै विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *