चट्याङ लागेर शुक्लाफाँटामा गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

विराटनगर/शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लाग्दा २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो। उनी बगर क्षेत्रको तरकारी बारीमा तरबुजा टिप्न गएकी थिइन्। चट्याङ लाग्दा उनी गर्भवती अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।

उक्त घटनामा उनका श्रीमान् २५ वर्षीय रतन सिंह राना गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाने कार्य भइरहेको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिए।

एक्कासी शुरु भएको हावाहुरी र वर्षासँगै परेको चट्याङले घटना घटेको हो। घटनाले स्थानीय क्षेत्रमा शोकको छायाँ छाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *