सुनसरीमा ३३० किलोग्राम गाँजा बरामद

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडक किनाराबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वैशाख २१ गते राति प्राप्त गोप्य सूचनाको आधारमा सर्च अपरेशन सञ्चालन गर्दै ११ वटा प्लास्टिकका बोरा फेला पारेको थियो। ती बोरामा जम्मा ३३० किलोग्राम गाँजा रहेको प्रहरीले जनाएको छ।

गाँजा बेवारिसे अवस्थामा फेला परेको भए पनि यसलाई ओसारपसार गर्ने व्यक्तिहरुको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।

प्रहरीले यसलाई लागू औषध नियन्त्रणको सन्दर्भमा ठूलो सफलता मानेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *