विद्युत करेन्ट र चट्याङ लागेर दुई जनाको मृत्यु

विराटनगर / ओखलढुंगाको खिजिदेम्वा र तेह्रथुमको आठराईमा अलग–अलग घटनामा एक–एक जनाको ज्यान गएको छ। एक जनाको मृत्यु विद्युत करेन्ट लागेर भएको हो भने अर्का व्यक्तिको मृत्यु चट्याङ लागेर भएको हो।

वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा–८ मा विद्युत लाइन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सिग्माकोण प्रा.लि. काठमाडौंमा कार्यरत कैलालीका ३० वर्षीय बिन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वरुणेश्वरले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

त्यसैदिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका–३ मा लिम्बु जातिको मन्दिर निर्माणको क्रममा परेको चट्याङले ४५ वर्षीय स्थानिय सागर थिङ्लापुलाई गम्भीर घाइते बनाएको थियो। उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्राकृतिक प्रकोप र प्राविधिक जोखिमबाट हुने यस्ता घटनाले सुरक्षाको महत्व झनै बढाएको जनस्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले बताएका छन्।