May 8, 2025
१५ लाख भारतीय रुपैयाँसहित डम्बरबहादुर कार्की पक्राउ
विराटनगर/ झापाको मेचीनगर–७, जोरसिमलबाट १५ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको गस्ती टोलीले बुधबार काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा जाँचका क्रममा नगदसहित उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति मोरङ उर्लाबारी–८ निवासी ३८ वर्षीय डम्बरबहादुर कार्की हुन्। सशस्त्र प्रहरीले उनीसँग भारु १४ लाख ९९ हजार ७०० बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार बरामद नगदसहित कार्कीलाई राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ।
पक्राउ परेका व्यक्तिलाई सोधपुछ तथा आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।