नेपाल तरुण दल विराटनगर ६ द्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल विराटनगर ६ द्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

राष्ट्रियता लोकतन्त्र समाजवाद तरुण एकता मूलनाराका साथ नेपाल तरुण दल विराटनगर ६ द्वारा नयाँ वर्ष २०४२ सालको शुभकामना सहित भेटघाट तथा चियापन कार्यक्रम विराटनगर महानगरपालिका वार्ड नं ६ स्थित ब्रह्मथान मन्दिरमा सम्पन्न भएको छ। उक्त भेटघाट तथा चियापन कार्यक्रममा विराटनगर ६ स्थित २०० युवाहरूको सहभागिता रहेको थियो। नेपाली काङ्ग्रेस भातृ संगठन तरुण दलका युवा नेता साथै नेपाली कांग्रेस वडा नम्बर ६ का सचिव प्रकाश मण्डल भोलाको नेतृत्वमा चियापान तथा छलफल सम्पन्न भएको। उक्त भेलामा नेपाली कांग्रेस मोरङ जिल्ला सचिव ललित श्रेष्ठको प्रमुख आतित्य रहेको थियो। साथै नेपाल तरुण दल मोरङ जिल्ला सभापति प्रभाकर थापा विशिष्ट अतिथि रहेका थिए। उक्त भेलामा विराटनगर महानगरपालिका वार्ड नं ७ का वडा अध्यक्ष साथै नौ वडा अध्यक्ष को उपस्थिति रहेको थियो।

पार्टी सुदृत पार्न र देशमा आमूल परिवर्तन गर्नका निमित्त युवाहरूको ठूलो भूमिका रहेको र पार्टीलाई पनि तरुण दलले अझ मजबुत ढंगले साथ सहयोग गर्ने र नेपाली कांग्रेस सधै तरुण दलको पक्षमा रहेको प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ जिल्ला सचिव ललित श्रेष्ठले बताएका छन्

Add a Comment

Your email address will not be published. Required fields are marked *