तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु

विराटनगर । विराटनगर – कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन दिनका खेलहरूमा हाम्रो भेट्रान्स क्लब धरान र कन्काई भेट्रान्स क्लब झापा विजयी भएका छन् । पहिलो खेलमा धरानले युनाइटेड भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।

सोही दिन भएको दोस्रो खेलमा कन्काई भेट्रान्सले मर्निङ भेट्रान्सलाई २–० गोलले पराजित ग¥यो । जितका लागि कन्काई भेट्रान्सका दिपक गिरीले दुवै गोल गरे ।

प्रतियोगिताको आइतबार दुई खेल हुनेछन् । पहिलो खेल सुन्दरहरैंचाको विराट भेट्रान्स र धरान पूर्वेली भेट्रान्सबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा भरौल भेट्रान्स र उर्लाबारी भेट्रान्स भिड्नेछन् ।
प्रतियोगितामा कोशी प्रदेशभरिका १२ वटा भेट्रान्स फुटबल टिमहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *