धरानमा लागूऔषध सहित ६ जना पक्राउ

सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र धरान–१९ का १८ वर्षीय अनिस मगर रहेका छन्।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस बरामद गरेको जनाएको छ।

हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।