भक्तपुरमा मृत फेला परेकी रोशनी शाहीको कोठामा ‘सुसाइड नोट’ फेला

काठमाडौं/ भक्तपुरमा आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको कोठाबाट ‘सुसाइड नोट’ फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानमा सुसाइड नोट भेटिएको पुष्टि गरेका छन्।

डिएसपी नेउपानेका अनुसार, नोटमा कसैको नाम तोकी आत्महत्याको कारण उल्लेख गरिएको छैन। तर, शाहीले “जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ” भन्ने भावना व्यक्त गरेकी थिइन्।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जाजरकोटका स्थायी बासिन्दा रहेकी शाही आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, बालकोटस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन्।