दोहोरी प्रतिष्ठान गोरखा शाखाले छनाेट गर्याे गण्डकी लाेक तारा प्रतियाेगी
काठमाडौं । लोक तथा दाेहोरी गीत प्रतिष्ठान गोरखा शाखाले “गण्डकी लोक तारा” प्रतियोगी छनोट गरेको छ ।प्रतियाेगी छनाेट कार्यक्रम काठमाडौंस्थित डॉफे लाइभ दाेहोरी स्टुडीयोमा गरिएकाे थियाे ।
गायक तथा सर्जक प्रतिष्ठान गोरखा शाखाका पूर्व अध्यक्ष शिव केसीको संयोजकत्वामा कार्यक्रम गरिएको थियाे ।
प्रतियोगी छनोट कार्यक्रममा गायिका हरिमाया गुरुङ, गायिका सरिता अधिकारी, विजेन्द्र नाैवाघे निर्णयक रहेका थिए ।
गण्डकी लोक तार कार्यक्रम संगीत दिवसका दिन असाढ ७ गते पोखरामा हुने छ ।
जसमा दाेहाेरी गीत प्रतिष्ठान गाेरखा शाखाबाट गायक पवन श्री परिवार छनाेट भएका छन्र ।
छनाेट प्रक्रियामा सहभागी कलाकरहरू रेश्मा तामाङ, अमिस उपरकाेटी, टिका गुरुङ, विजय परियार, सन्तोस थापा, पवन श्री परियार, देवनारायण मगर, नारायण खड्का लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम गायिका मञ्जु बिककाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे भने कार्यक्रमलाई प्रतिष्ठान गाेरखा शाखाका उपाध्यक्ष सुनिल लामिछानेेले संचालन गरेका थिए ।