प्रदेश १को विभिन्न स्थानबाट लागु औषध सहित पाँच जना पक्राउ
विराटनगर । प्रदेश १ का तीन जिल्लाबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। मोरङ, झापा र उदयपुर जिल्लामा छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको लागू औषध नियन्त्रण व्युरो, विराटनगरबाट खटिएको टोलीले हिजो साँझ करिब ६ बजे मोरङको विराटनगर महानगरपालिका–१६ हुलासचोकबाट कोशी गाउँपालिका–३ का ३५ वर्षीय श्याम कुमार यादवलाई १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी, हिजो राति करिब ८:१५ बजे झापा जिल्ला भद्रपुर नगरपालिका–४ डाँगीबारीस्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–४ अनारमनीकी ४२ वर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका–१ सूर्यनगर बस्ने २४ वर्षीय अशारु चौधरीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उता उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले हिजो साँझ करिब ६:३० बजे त्रियुगा नगरपालिका–१० का २३ वर्षीय रोनिस दाहाल र १८ वर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्याप्सुल र नाम नखुलेको ३२ क्याप्सुलसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूविरुद्ध लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।