नेपाली बजारमा सुनको भाउ पुन वृद्धि

विराटनगर । नेपाली बजारमा आइतबार सुनको भाउ पुनः वृद्धि भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर बढ्दै आएको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ थियो। त्यसअघि शुक्रबार नै सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो। आइतबार सुनको मूल्य थप ४ सय रुपैयाँले बढेको हो।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमै कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ प्रतिऔंस ३ हजार ४ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च रहँदा त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

Add a Comment