मोरङ तरुणदल एक समूह ताला लगाउँदै अर्को समूह ताला फुटाउँदै

‌ मोरङ तरुणदल एक समूह ताला लगाउँदै अर्को समूह ताला फुटाउँदै

नेपाली कांग्रेस निकट भातृ संगठन मोरङ तरुण दल युवा संगठनमा तरुणदल निर्वाचनको विषयलाई लिएर दिनप्रतिदिन विवाद उत्पन्न भइरहेको छ।२०८२/१/२४ गतेका दिन ज्ञापनपत्र बुझाउँदै १०१ प्रतिनिधि हस्ताक्षरसहित मोरङ तरुणदल युवा संगठनका युवाहरूले ताला लगाएका थिए। सदस्यता नवीकरणमा धान्दली भएको साथै मोरङ तरुण दलको निर्वाचन समयमै सम्पन्न हुनुपर्ने भन्दै तालाबन्दी गरिएको थियो।

यता नेपाली कांग्रेस निकट भातृ संगठन मोरङ तरुण दल युवा संगठनको अर्को समूहले आज सोमबारका दिन तरुण दल का युवाहरूले पार्टी कार्यालयमा लगाइएको ताला तोडेका छन्। दिनानुदिन युवाहरूको राजनीतिप्रति वितृष्णा बढ्दै जानु र गौरवशाली भात्री संगठन तरुण दलका युवाहरूले यसरी तालाबन्दी गर्नु गलत रहेको बताएका छन्। “यदि यसरी नै तालाबन्दी गर्ने हो भने हामी एक होइन हजार ताला तोड्न तयार रहेको “तरुण दलका युवा नेता कालु श्रेष्ठले बताएका छन्।