June 19, 2025
एक किलो अफिमसहित चार जना पक्राउ
विराटनगर।पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका–५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन्।
उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१० रजत जयन्ती चोकबाट पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना ४६ प २५४० र ना ४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट प्लास्टिकको झोलामा बेरेर राखिएको एक किलो अफिम बरामद गरिएको हो।
पक्राउ परेका चारै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।