रास्वपा र राप्रपाको विरोध कायमै, प्रतिनिधिसभाको बैठक बहिष्कार
विराटनगर । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध कायमै राख्दै बैठक बहिष्कार गरेका छन् ।
बैठक सुरु हुने वित्तिकै दुबै दलले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले विरोधका बाबजुद बैठक अगाडि बढाएका थिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै यी दलहरूले लगातार विरोध जनाउँदै आएका छन् ।
रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । तर सभामुख घिमिरेले उनीहरूको विरोधका बीच बैठक प्रक्रिया अगाडि बढाउँदै आएका छन् ।
यसबीच सत्ता पक्ष र प्रतिपक्षबीच वार्ता प्रयासहरू भइरहे पनि सहमति जुट्न सकेको छैन ।