चितवनमा तास खेल्दै गरेका ६ जना पक्राउ

विराटनगर । चितवन प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार तामाङको घरमै जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तहरूसँग नगद ३३ हजार ९६० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।