सुनसरीमा १६२ किलो गाँजासहित भारतिय नम्बरको कार नियन्त्रणमा

विराटनगर । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ स्थित क्षेत्रबाट ठूलो परिमाणमा लागू औषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको कार प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार असार २१ गते राति सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको टोलीले सडक छेउमा शंका लाग्दो अवस्थामा पार्क गरिएको MH 02 BP 9742 नम्बरको कार जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइ राखिएको १६२ किलोग्राम गाँजा फेला पारेको हो।

लागू औषध ओसारपसारमा संलग्न व्यक्ति भने घटनास्थलमा नभेटिएकोले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको गाँजासहित कार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ। सो घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Add a Comment