July 7, 2025
प्रतिबन्धित लागू औषधसहित चार जना पक्राउ
विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत लागू औषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
असार २२ गते झापा, मोरङ, उदयपुर र धनकुटाबाट एक–एक जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग ३ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर र ६ किलोग्राम गाँजा फेला परेको छ। लागू औषध वेचबिखन तथा ओसारपसारमा संलग्नहरूलाई नियन्त्रणमा ल्याई कानुनी दायरामा ल्याउन अभियान चलाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।