आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र वृद्धि

विराटनगर। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन अर्थात् शनिबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुनको मूल्य पनि सोही अनुपातमा वृद्धि भई प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँमा पुगेको छ। शनिबार चाँदी प्रतितोला २ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।

Add a Comment