भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खस्दा ५ वर्षीया बालिकाको मृत्यु

विराटनगर । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जना मगर रहेको प्रहरीले जनाएको छ।

बालिका मंगलबार अपराह्न खेल्ने क्रममा अस्पताल परिसरभित्र रहेको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। घटनापछि तत्कालै उद्धार गरी उपचारका लागि सोही अस्पतालमा भर्ना गरिए पनि उनको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए। घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।