August 6, 2025
झापामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
विराटनगर । झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, करिब ५४ वर्षीया चन्द्रमाया नेम्वाङको गए राति मोटरमार्फत खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
उनी लडिरहेको अवस्थामा छोरा २५ वर्षीय सुशील नेम्वाङले देखेका थिए र त्यसपछि चन्द्रमायालाई घर ल्याइएको थियो। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय दमकमार्फत भइरहेको छ।
यसअघि पनि झापाको बुद्धशान्ति गाउँपालिकामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको ज्यान गएको थियो। यो घटनाले खेत सिँचाइमा विद्युतीय उपकरण प्रयोग गर्दा सतर्कता आवश्यक रहेको पुनः देखाएको छ।