August 23, 2025
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण पुष्टि
विराटनगर । चितवनमा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ। शनिबार (भदौ ७ गते) भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ निवासी ३६ वर्षीया महिलाको निधन भएको हो।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार ती महिला भदौ ४ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनी स्क्रब टाइफससँगै छारे रोगबाट पनि पीडित थिइन्।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार हालसम्म जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। एक हजार ५३० जनाको परीक्षण गरिएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
चितवनका मात्रै ५८ जना यो रोगबाट पीडित रहेको कार्यालयले जनाएको छ।