विराटनगरमा तीज स्पेसल सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

विराटनगर । न्यु डाइनामिक डान्स सेन्टर विराटनगरको आयोजनामा तीज स्पेसल सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रम विराटनगरस्थित शान्ति चोकमा भएको हो ।

कार्यक्रममा न्यु डाइनामिक डान्स सेन्टरका विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमलाई भव्य बनाउनका लागि विभिन्न स्पोन्सरहरूले विशेष सहयोग गरेका थिए । स्पोन्सर श्री नारायण स्टोर जोगबनीका दीपक मुन्द्रा , Breeze Brand की प्रिती जेस्वाल , My Collection की पिंकी अग्रवाल, Comfort Lady की बिनिता धारेवाल, Zenshine Chemical का एम.डी. इर्फानको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का पूर्व वडा अध्यक्ष विजय कामत तथा विशिष्ट अतिथि समाजसेवी भोला मण्डल रहेका थिए । कार्यक्रममा सहभागी नृत्य कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो र स्पोन्सरमार्फत विशेष उपहार समेत प्रदान गरिएको थियो ।

यसका साथै, कार्यक्रममा ओपन डान्स प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Add a Comment