धरानका मेयर साम्पाङ : ‘५ सय किलोमिटर हिँडेर देशको जिम्मा लिन आएको हुँ’

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई पदलोभी भन्ने आरोप अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ५ सय किलोमिटर दुरी पार गरेर देशको जिम्मा लिन पुगेको भए पनि खानेपानी र श्रम मन्त्रालय प्रस्ताव आएपछि नलिएको स्पष्ट पारेका छन्।

‘मलाई पदको लोभी भन्नेहरूलाई के थाहा? देश दनदनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको हुँ मैले,’ साम्पाङले लेखेका छन्।

उनले आफूलाई खानेपानी र श्रम तथा रोजगार मन्त्रालय दिइए पनि नलिएको भन्दै पदका लागि लोभी नरहेको दाबी गरेका छन्।